काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग स्थानीय चुनावमा कुनै तालमेल नहुने छन्।
एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।उनले कांग्रेस र माओवादी केन्द्र कमजोर रहेको र नेकपा समाजबादी पार्टी नै बनिनसकेको अवस्था भएको बताउंदै ओलीले सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई केही असर गर्न नसक्ने दावी गरे।
कार्यक्रम मा ओलीले स्थानीय चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्यालको मोर्चाको संज्ञा दिए। “गठबन्धन छ भन्ने द्विविधामा नपरे हुन्छ, यो गठबन्धन केही पनि होइन,” ओलीले कार्यकर्तालाई हौसला दिँदै भने, “स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन।
” नेपाली कांग्रेस अहिले पनि कमजोर रहेको उनको भनाइ थियो।’अघिल्लो चुनावमा २३ सिटमा झारेका थियौं, यो पटक कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ’ओलीले भने। स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले गाउँगाउँमा खटिन कार्यकर्तालाई ओलीले निर्देशन दिएका छन्।