१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

निर्बाचन आयोगको सूचनाप्रति नेपाली काँग्रेस (वी.पी.) को आपत्ती



काठमाडौं | नेपाली कांग्रेस बीपीले ठुला दलहरुको ग्राण्ड डिजाइन र प्रपण्चमा निर्बाचन आयोग साना दलहरूको अस्तित्व नामेट गराउने कार्यमा क्रियासिल रहेको आरोप लगाएको छ।

बिहिवार आकष्मिक रूपमा बसेको सो पार्टीको केन्द्रिय कार्यसम्पादन बैठकले निर्वाचन आयोगबाट बुधबार स्थानीय तह निर्वाचनका लागि भाग लिन दर्ता भएका ७९ राजनैतिक दलहरुमध्ये ७३ दललाई मात्र लक्षित गरि सार्वजनिक बिदा ३ दिन पारेर प्रकाशित सूचना सुरुकै दृष्टिमा दुषित नियत देखिको निष्कर्ष निकाल्दै उक्त आरोप लगाएको हो। निर्वाचन आयोगमा दल दर्ता भएपछि प्राप्त भएको आफ्नो दलीय निर्वाचन चिन्ह दिन अनावश्यक शर्तहरु थोपर्ने काम भत्सर्नायोग्य भएको उसको ठम्याइ छ ।

बैठकले पार्टीको पूर्व घोषित केन्द्रिय समिति, जिल्ला सभापतिहरुको बैठक र प्रशिक्षक प्रशिक्षण सबै कार्यक्रमहरु स्थगित गरी पार्टीका सबै केन्द्रिय समितिका सदस्य, सबै जिल्ला सभापति, भातृ, सुभेच्छुक संघ, संस्थाका अध्यक्षहरुलाई चैत ४ गते सम्ममा आफ्नो जिल्लाको संगठनको स्वरूप केन्द्रिय कार्यालयमा पठाउन र चैत ६ गते भित्र पार्टीको जिल्ला समितिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन आयोगले तोकिएको ढाँचामा आफ्नो जिल्ला समिति पेश गर्न परिपत्र समेत गरेको जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १२ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.