३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सोलुखुम्बुको सोताङमा बार्दली भांचिएर ७ जना घाइते



सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकामा बरण्डा भाँचिएर घाइते भएकामध्ये तीन जनालाई काठमाडौं लगिएको छ।

सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर बिहिवार बिहान ७ जना घाईते भएका थिए । घाइते मध्ये तीन जनालाई एयर डाइनेष्टिको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको स्थानीय गोबिन्द नाछिरिङले जानकारी दिए। घटनामा परी सबिना राई,पार्बता बास्तोला बस्नेत,हरिमाया बस्नेत,निरु गौतम,राधा बस्नेत,मनकुमारी कार्की लगायत घाइते भएका छन्।

घाइतेमध्ये हरिमाया बस्नेतको अवस्था जटिल छ भने सबिना राईको एउटा खुट्टा र निरु बस्नेतको एउटा हात भांचिएको नाछिरिङले जानकारी दिए।पार्बता भने गर्भवती हुन।पार्बता,हरिमाया र सबिनालाई काठमाडौं लगिएको हो भने निरु सहित अन्य घाइतेको सोताङ स्वास्थ्य चौकीमा उपचार भइ रहेको छ । बैठक बस्न जम्मा हुँदा बरण्डाले भार थेग्न नसकेर भाँचिएको अनुमान गरिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १२ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.