काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बुधवार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउँदै १५५ रुपैयाँ कायम गरेको छ। निगमले डिजेल तथा मट्टितेलको मूल्य समेत प्रतिलिटर ५ रुपैयाँले बढाउँलै १३८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरेको निगमले खाना पकाउने एलपी ग्यासको मूल्य यथावथ नै राखेको बुधवार साँझ विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।
बुधवार इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको हो । नेपाल आयल निगमका अनुसार बुधवार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढेर आएको हो । पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८३ रुपैयाँ ५७ पैसा पर्ने गरेको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बुधवार डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको हो। डिजलेको खरिद लागत १७० रुपैयाँ१५ पैसा पर्ने निगमले जानकारी दिएको छ । मूल्य बढेर आएसँगै निगमले घाटा