सोलुखुम्बु।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ।
नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्य तथा जिल्ला कमिटी लेखा आयोगअध्यक्ष रामकाजी श्रेष्ठको उपस्थितिमा सोमबार सल्लेरीमा सम्पन्न बैठकले सचिवालय गठनसहित जिल्लाका आठवटै स्थानीय तहमा इन्चार्ज,सह इन्चार्ज र बिभाग प्रमुखहरु चयन गरेको जिल्ला कमिटी सचिब नवाङ तेन्जिङ शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार बैठकले प्रताप राई,भुपाल राई,फडिन्द्र खड्का,मिङमार याङ्जी शेर्पा र मिङ्दिकी शेर्पालाई अनेरास्ववियु जिल्ला कमिटीको सचिवालय सदस्यमा मनोनीत गरेको छ भने आठ वटा स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिका इन्जार्जमा मिङमा शेर्पा तथा सह-इन्चार्जमा उमेश बस्नेत, थुलुङदुधकोशि गाउँपालिका कमिटी इन्चार्जमा दिपेश बस्नेत तथा सह इन्चार्जमा बिनोद राई र सोताङ गाउँपालिका इन्चार्जमा भुपाल राई तथा सह-इन्चार्जमा मनिष नाछिरिङलाई तोकेको छ।
यसैगरी,माप्यदुधकोशी गाउँपालिका इन्चार्जमा पावेल राई,सह इन्चार्जमा श्री प्रसाद राई,खुम्बु पासाङल्हामू गाउंपालिका इन्चार्जमा रोहित पुडासैनी,सह इन्चार्जमा नम्डु शेर्पा महाकुलुङ इन्चार्जमा महेश कुलुङ सहइन्चार्ज नन्दकुमारी कुलुङ, नेचा सल्यान इन्चार्जमा टीकाराम खनाल सहइन्चार्जमा लिला कट्टेल र लिखुपिके इन्चार्जमा थर्चेन शेर्पा रहेको सचिब शेर्पाले बताए। त्यस्तैगरि, जिल्ला कमिटी अन्तरगत गठित संगठन बिभाग प्रमुखमा ङवाङ तेन्जी शेर्पा ,प्रचारप्रसार बिभाग प्रमुखमा पुण्यप्रसाद कट्टेल प्रशिक्षण बिभाग प्रमुखमा मिलन नाछिरिङ ,शैक्षिक बिभाग प्रमुखमा प्रताप राई,महिला बिभाग प्रमुखमा मिङमार याङ्जी शेर्पा,खेलकुद बिभाग प्रमुखमा बिकास राई र सांस्कृतिक बिभाग प्रमुखमा नरेन्द्र कुलुङ चयन भएको छन्।
अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष गौरव राईको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला भित्र रहेका विभिन्न क्याम्पस कमिटी तथा स्थानीय तहका कमिटीहरु यही चैत १२ गते भित्र गठन गरिसक्ने निर्णय पनि बैठकले गरेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।