७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

नेपालमा दुई दलीय ब्यबस्था लागू गर्ने षड्यन्त्र भइ रहेको प्रचण्डको आरोप



बिराटनगर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागि परेको आरोप लगाएका छन् ।
           आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीलाई सिध्याएर दुईदलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको बताएका हुन् । यद्यपि, उनले कुन विदेशी शक्तिले यस्तो चाहेको हो भन्नेबारे थप खुलाएनन् । ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामीलाई सिध्याउन र दुईदलीय सिस्टम स्थापित गर्न ‘इन्टरनेसनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन ।
         नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’ विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो । फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।
Seen by मुक्ति बास्तोला at 6:02 PM

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ०८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.