८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

खरिखोला युवा क्लबलाई ‘ल्होसार कप’को उपाधी सोलुखुम्बु ।



 

खुम्बु पसाङल्हामू गाउँपालिका १ बुप्सामा कोङ्दे युवा क्लबद्वारा आयोजित ल्होसार कप खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

ल्होसारको पावन अवसरमा फागुन २१ र २२ गते आयोजना गरिएको प्रतियोगितामा खरिखोला युवा कलबले प्रथम,कोङ्दे युवा क्लब दोश्रो र खच्चड व्यावसायिक संघले तेस्रो स्थान हाँसिल गरेका छन् । प्रथम हुने टिमले नगद रु १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिमले ८ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले ५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कोङ्दे युवा क्लबका कोषाध्यक्ष फुर तेन्जि शेर्पाको सभापतित्व र नोर्ड एक्स्टृम हिमालयका प्रबन्धक निर्देशक सोनाम गेल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । खेल सम्पन्न गर्न नोर्ड एक्स्टृम हिमालयका प्रबन्धक निर्देशक सोनाम गेल्जेन शेर्पा , खुम्बु पासाङल्हामू १ खरिखोलाका रेफ्री फुनुरु शेर्पा र माप्य दुधकोशी ७ सिबुजे का आङपेम्बा शेर्पा, नौलेक सुइस फाउन्डेसनका प्रतिनिधि फुनुरु शेर्पा,माउन्ट कैलास लज मन्जोका पासाङ शेर्पा र स्थानीय पासाङ ओङ्छु शेर्पाले आर्थिक सहयोग गरेको जनाइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ३६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.