७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

पल शाहलाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति



 काठमाडौं। नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
       आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि (फागुन १५) गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ।
      नाबालिग गायिकाको परिवारले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले शाहमाथि अनुसन्धान अगाडि बढाएको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.