१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

संसद भंग गरेर निर्बाचनमा जानुपर्नेमा माधव नेपालको जोड



 काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको बताउँदै उनले विकल्पको रुपमा संसद भंग गरेको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

‘केपी ओलीलाई कति सहने ? एमालेले हाउस चल्न नदिने, भत्ता पनि खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद भंग गर्ने, संसद् पनि रहन्न, यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’ उनले भने ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ४९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.