१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

नेकपा माओवादी केन्द्र : भोलिलाई सर्‍यो केन्द्रीय समिति बैठक



 काठमाडौं ।एमसीसी सम्झौता अनुमोदनका कारण तीब्र विवादमा फसेको सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थागित गरिएको छ ।

आज बिहान ११ बजेका लागि बोलाईएको बैठक बस्दै नब्बसी स्थगित भएको हो। आन्तरिक तयारी नपुगेको भन्दै सोमबारसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।‘आन्तरिक छलफलका लागि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ नेता श्रेष्ठले भने ।

शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ गर्ने लगायत ६ एजेण्डाहरु तयार भइ छलफल सुरु भएको थियो । सुरुको दिनको बैठकमा नेता श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.