२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

आज पनि बस्दै प्रतिनिधिसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची



 काठमाडौं।संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
      दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवायले तयार गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् । संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था बैठकमार्फत संसदको सम्भावित कार्यसूची संशोधन समेत हुन सक्छ ।

         तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने संकेत देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा भने अवरोध नगरेको एमालेले अन्य संसद बैठक भने निरन्तर अवरोध गर्दै आएको छ । सभामुखको राजीनामा या त आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ५८ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.