१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठक बस्दै,के के बिषयमा हुंदैछ छलफल ?



 काठमाडौँ। विवादकाबीच प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन भएपछि पहिलो पटक सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजबाट राजधानीमा सुरु हुँदैछ ।

माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुने बैठकको मुख्य कार्यसूची पदाधिकारी चयन हुनेछ । एमसीसीले उत्पन्न गरेको विवाद पनि छलफलको बिषय हुने उनले बताए ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । ​माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : ५० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.