६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

नेशनल प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी,१३ बुंदे योजना सार्बजनिक



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का महासचिव सुवास न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

न्यौपानेले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका तथा सङ्गठनलाई कुशल नेतृत्व प्रदान गर्नका लागि आफूले आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा सङ्गठनलाई कुशल नेतृत्व प्रदान गर्नका लागि आफुले सङ्कल्प लिएको न्यौपानेको भनाइ छ। एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले बुधबार पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताए ।

नेशनल प्याब्सनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ । नेशनल प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गरेका छन् । निजी तथा आवासीय विद्यालयले देशमा शैक्षिक विकासका लागि ठूलो योगदान गरेकोमा जोड दिंदै न्यौपानेले देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको दावी गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : ४७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.