काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने बताएका छन् ।
नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका रहको भन्दै बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सो कुरा बताएका हुन।उनले निर्वाचनमा अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिए मर्ममाथि आँच आउने बताए । “बिधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)को महत्तवपूर्ण भूमिका छ ।
