३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

राप्रपा नेपालमा १६ पदाधिकारी नियुक्त , कस्ले पाए के जिम्मेवारी ? काठमाडौँ।



 काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी मनोनीत गरेका छन् ।

पार्टी बिधान अनुसार बुधबार थापाले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको राप्रपा नेपालले जनाएको छ । जनाईए अनुसार उपाध्यक्षमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल ( काठमाडौँ), जयकुमार खड्का (काठमाडौँ), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) छन् ।

त्यसैगरी, महामन्त्रीहरूमा भाष्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार ( काठमाडौँ) र राजाराम बर्ताैला (मकवानपुर) रहेका छन् । त्यसैगरी, सहायक महामन्त्रीहरूमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिवकुमार बास्तोला (कास्की), श्री ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) लाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.