१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

सोलुखुम्बु : थुलुङ दुधकोशीका विभिन्न टोलमा एमालेले गर्‍यो कमिटी गठन



सोलुखुम्बु। नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिकाले वडा कमिटी अन्तर्गत विभिन्न टोल कमिटी गठन कार्य सुरु गरेको छ।

जिल्ला कमिटी सचिवालय सदस्य गोपाल घिमिरे, जिल्ला कमिटी सदस्य तथा पालिका उप-सचिव सिमसन किराँती, जिल्ला कमिटी सदस्य तथा वडा न ४ इन्चार्ज चतुरमान तामाङ, जिल्ला कमिटी सदस्य संगितकला राई , ७ र ८ वडा कमिटीका उपाध्यक्षद्वय क्रमशः टंक बहादुर राई,डिबि थुलुङ राईको उपस्थितिमा शनिबार वडा कमिटी अन्तर्गत विभिन्न टोल कमिटी गठन गरिएको नेकपा एमाले थुलुङ दुधकोशीले जनाएको छ।

जिल्ला कमिटी सचिवालय सदस्य घिमिरेका अनुसार गाउँपालिकाको वडा नं ७ देउसा साविक ९ चेराखुमा श्याम कुमार राईको अध्यक्षतामा ९ सदस्यीय, वडा नं ८ अन्तरगत साविक देउसा १ रणेम टोलमा रेमन राईको अध्यक्षतामा ६ सदस्यीय, तेम्लोवाय टोलमा टिका बहादुर मगरको अध्यक्षतामा ८ सदस्यीय तथा बर्म टोलमा क. लक्ष्मण राईको अध्यक्षतामा ८ सदस्यीय टोल कमिटी निर्माण गरिएको छ।

c    सो अवसरमा अन्य पार्टी परित्याग गरी दुधकुमार राई, डिकमाया राई, धनबहादुर राई, सुस्मिता राई र अस्मिता राई नेकपा एमालेमा प्रवेश गरेको घिमिरेले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.