१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिकाको प्रशासनिक काम अब आफ्नै भवनबाट हुने



काठमाण्डौ । माप्य दुधकोशी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज (आईतबार) एक कार्यक्रमका वीच गाउँपालिकाको वडा नम्बर ३ खास्तावमा निर्माण गरिएको सुविधा सम्पन्न १३ कोठे भवनको उद्घाटन गरिएको हो ।
            गाउँपालिकाको एक करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको भवनको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमाले प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले माप्यदुधकोशीका जनप्रतिनिधिहरु विकासमा सन्तुष्ट रहेको बताए । गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले पालिकाको आफ्नै भवन उद्घाटन भएसँगै विगतको दिनमा जस्तो साँगुरो कोठामा कोचिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताएको छ ।
          उपाध्यक्ष जुनिता मगरले माप्यदुधकोशीका जनताको सेवामा सहजताका लागि भवन उद्घाटन भएकाले अब गुणस्तरिय सेवामा आफुहरु केन्द्रित हुने बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मानविर राई, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य गौरब राई, गाउँपालिका प्रबक्ता तेज बहादुर मगर वडा अध्यक्षहरु दिनेश कुमार राई, सगुजित राई, नारायणकाजी कार्की, कबा वडाअध्यक्ष जस बहादुर राई लगायत जनप्रतिनिधि, बुद्धिजिविहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ५३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.