५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सोलुखुम्बु : जनता माबि लोखिममा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन



सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिका लोखिमस्थित श्री जनता माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन गरिएको छ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य पार्वती राई तथा अनेरास्ववियु जिल्ला कमिटी सचिव ङवाङ तेन्जिङ शेर्पाकाे आतिथ्यतामा गठित ४१ सदस्यीय सो कमिटीमा पल थुलुङ राई अध्यक्ष छन्।

कमिटीको उपाध्यक्षमा पसि शेर्पा र अम्बिकाला राई,सचिवमा रश्मि राई,सहसचिवद्वयमा प्रशान्त राई र प्रतिज्ञा राई र कोषाध्यक्षमासंङ्गे तामाङ रहेको जिल्ला कमिटी सचिब शेर्पाले बताए ।

प्रारम्भिक कमिटी अन्तर्गत गठित शैक्षिक बिभाग संयोजकमा कर्म शेर्पा ,सहसंयोजकमा छिरिङ टाशी शेर्पा ,खेलकुद बिभाग संयोजकमा प्रशान्त राई,सहसंयोजक आयुश तामाङ ,अतिरिक्त क्रियाकलाप संयोजकमा प्रति राई ,सहसंयोजकमा लाक्पा शेर्पा सांस्कृतिक बिभाग संयोजकमा रोहिन तामाङ र सहसंयोजकमा मुनाकाल राई रहेको उनले बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.