५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

एमसीसी सम्झौता पारितका लागि निर्णयार्थ केहि बेरमा पेश गरिने



काठमाडौं। प्रमुख बिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।सभामुख सापकोटाले अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए ।

उक्त प्रस्तावलाई संसदको बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए ।

सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे ।साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।

सैद्धान्तिक छलफलमा एमाले भीम रावलसहित सत्तारुढ गठबन्धनका सांसदहरुले पक्ष र विपक्षमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.