१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

नायक पल शाहलाई ७ दिन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ।नायक पूर्ण विक्रम शाह(पल शाह) विरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ।
       आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
         यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ
       उता,तनहुँ प्रहरीसमक्ष आजै आत्मसमर्पण गरेका अभिनेता पल शाहलाई जिल्ला अदालतले ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.