काठमाडौं।सरकारले संसदमा एमसीसी टेबुल गरेसंगै विभिन्न दलहरूले यसबिरुद्द सुरु गरेको आन्दोलन आज पनि जारी नै छ।
विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनले गरिरहेको प्रदर्शनका कारण अहिले नयाँ बानेश्वर चारैतिरको आवागमन ठप्प भएको छ।राप्रपा,नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा,अन्य ६ कम्युनिस्ट दल र दुई मोर्चा सहितले संसदभवन घेराउ गर्ने कार्यक्रम तय गरेसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
यसअघि एमसिसी विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। ‘सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर हामी अहिले हाइ अलर्टमा छौं’, महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने,‘योभन्दा अघि भएका स्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाएका छौं।’ अहिले प्रदर्सनकारीहरुलाई एमसीसी विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
यसको बेवास्ता गर्दै सत्तागठबन्धनले आजै एमसीसी पास गर्ने तयारी गरेको छ।