१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

एमसीसी अनुमोदन : यस्तो छ सत्तापक्ष र विपक्षी दलको आ-आफ्नो तयारी



काठमाडौं।आजै सत्तारुढ गठबन्धनले बिना संशोधन एमसीसी पास गर्ने तयारी गरिरहेका बेला प्रमुख बिपक्षी दल नेकपा एमालेले भने आज पनि प्रतिनिधिसभा बैठकमा आफ्नो अवरोधलाई निरन्तरता दिनेभएको छ

पार्टीले कारवाही गरेका १४ सांसदलाई तत्काल निलम्बन गर्नु पर्ने माग राख्दै एमालेले भदौदेखि संसदमा विरोध जनाउँदै आएको छ । एमाले संसदीय प्रक्रियामा सहभागी नहुँदा सत्तारुढ गठबन्धनलाई एमसिसी पारित गराउन थप सहज हुने भएको छ । संसदमा उपस्थित संख्याको आधारमा व्याख्यात्मक टिप्पणीसहित बहुमतले आज एमसिसी पारित गर्दै छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेका थिए। 

आज बस्ने प्रतिनिधिसभाको बैठकको पहिलो चरणको बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक बसेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बताए।

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : १६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.