६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

संशोधनबिनै एमसीसी पास गर्न माओवादी केन्द्र सहमत



काठमाडौँ।संशोधन बिना कुनै हालतमा एमसीसी पास गर्न नसकिने अडानमा रहेको नेकपा माओवादी केन्द्र अन्ततः बिना संशोधन एमसीसी पास गर्न सहमत भएको छ। सत्ता गठबन्धन टुट्ने त्रासमा रहेको सो पार्टीले फेससेभिङका लागि व्याख्यात्मक घोषणाको बहाना बनाएर एमसीसी पास गर्ने निर्णय गरेको हो।
        अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिएका हुन्।
      पार्टीको बैठकबाट निर्णय गरेर प्रचण्ड गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। बालुवाटार बैठकले एमसीसी संसदबाट पारित गर्ने विकल्पसहित गठबन्धनले निर्णय गर्ने बुझिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.