७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

एमाले सोलुखुम्बु : को भए गाउपालिका इन्चार्ज ,को को थपिए जिल्ला कमिटीमा ?



सोलुखुम्बु नेकपा एमालेले जिल्लाका ८ ओटा स्थानीय तहमा पार्टीका इन्चार्ज तोकेको छ। गत बिहिबार सम्पन्न जिल्ला कमिटिको दोस्रो पूर्ण बैठकले स्थानीय तहमा पार्टीका इन्चार्ज तोक्नुका साथै थप ९ जनालाई जिल्ला कमिटीमा मनोनयन गरियको जिल्ला कमिटि सचिब आस कुमार राइ शिशिरले जानकारी दिए।

सचिब राइका अनुसार बैठकले सोलु दुदकुण्ड नगरपालिकाको इन्चार्जामा बिरु दास श्रेष्ठ ,नेचासल्यान गाउपालिका इन्चार्जमा धर्मध्वज खत्रीलाइ चयन गरेको छ यसैगरी महाकुलुंग गाउपालिकामा सरस्वोती कुलुंग ,माप्यदुधकोशी गाउपालिकामा नारायणकाजि कार्की सोतंगामा धनकुमार विश्वकर्मा थुलुंगदुद्कोशी गाउपालिकामा श्याम कुमार राइ लिखुपिकेमा चरित्र भुजेल र खुम्बु पासाङ्गल्हामु गाउपालिकामा मिन्माछिरी शेर्पालाइ इन्चार्ज तोकिएको छ।

बैठकले जिल्ला कमिटीमा मानोनयन हुनेहरुमा नेचासल्यानबाट मुक्त्ति बास्तोला र जस बहादुर राइ खुम्बु पासाङ्गल्हामु गाउपल्लिकाबाट
टासील्हामु शेर्पा र ल्हाक्पाछिरी शेर्पा माप्य दुद्कोशीबाट भुवनसिं राइ सोलु दुधकुण्ड नगरपालिकाबाट मानबहादुर कटवाल र राजकुमार श्रेष्ठ थुलुंग दुधकोशीबाट जितेन्द्र बस्नेत र लिखुपिकेबाटआङदावा शेर्पा रहेको उनले बताए। बैठकले २३ जनालाइ सचिवालयमा मनोनित समेत गरेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ५३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.