६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सुरक्षा परिषद् बैठकमा युक्रेनमाथि आक्रमणको निन्दा‚ रुसद्वारा भिटो प्रयोग



  1. एजेन्सी।संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा युक्रेन आक्रमणसँग जोडिएको एक प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ। युक्रेनविरुद्धको आक्रमणमा निन्दा गर्ने प्रस्तावमाथि रुसले भिटो प्रयोग गरेको हो। उक्त प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए। सुरक्षा परिषद्को स्थायी सदस्य रुसले आफ्नो भिटो अधिकार प्रयोग गरेको हो। भारत, चीन र युएई भने मतदानमा सहभागी भएनन्। सुरक्षा परिषदमा रुसी दूतले रुसले युक्रेन वा युक्रेनका नागरिकमाथि आक्रमण नगरेको दाबी गर्दै डोनबासका बासिन्दालाई बचाउन यस्तो कदम चालिएको बताएका छन्। यसैबीच गएरातिसम्म रुसले युक्रेनका कयौँ क्षेत्रमा हवाई आक्रमण गरिसकेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी सेना राजधानी किभमा छिरिसकेको छ। किभमा युक्रेनले रुसी सैनिकको एउटा ठूलो जहाज खसालिदिएको बताएको। तर‚ रुसले भने युक्रेनकै जहाज दुर्घटनामा परेको दाबी गरेको छ। रातभरमा युक्रेनमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरु भने सार्वजनिक भएका छैनन्। अमेरिका‚ बेलायत तथा युरोपेली संघले रुसमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गरेका छन्। साथै‚ यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभविरुद्ध समेत प्रतिबन्ध लगाएका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.