३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

दल दर्ताका लागि बल्ल पुगे प्रमुख दल आयोगमा, स्थानीय निर्बाचनका लागि ५१ दलको आवेदन



  • काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागीताका लागि अहिलेसम्म ५१ दलले आवदेन दिएका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए शुक्रबार मात्रै शीर्ष तीन दलले आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शुक्रबार निवेदन दिएका हुन् । दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । २०७४ सालको निर्वाचन तीन चरणमा भएकामा यसपालि भने एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका आयोगले बनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.