२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

महेश बस्नेतको नालीबेली



महेश बस्नेत नेकपा एमालेको चर्चित युवा नेता हुनुहुन्छ । उहाँ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । पूर्णबहादुर र ईश्वरी बस्नेतका छोरा महेशको जन्म ०३१ साल माघ ३ गते भक्तपुरको (साविक गुण्डु गाविस ४) हालको सूर्यविनायक नगरपालिका वडा नंं ७ मा भएको हो । उहाँले कानूनमा स्नातक गर्नुभएको छ । बस्नेत २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य हुनुभएको थियो । २०५५ सालमा युवा संघ नेपालको जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला सदस्य हुनुभयो । २०५६ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य, २०६३ मा केन्द्रीय कोषाध्यक्ष हुँदै उहाँ २०६५ सालमा युथ फोर्सको प्रमुख हुनुभयो । बस्नेत २०६६ सालमा दोश्रो पटक युवा संघको अध्यक्ष हुनुभयो ।

२३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गर्नुभयो । देशकै कम उमेरको गाविस अध्यक्ष हुँदा विकासमुखी र जनमुखी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुभएका कारण उहाँको चर्चा जिल्लाभरिनै भएको थियो ।

२०५० सालमा गुण्डु गाविस वडा नम्वर ४ को वडा अध्यक्ष हुनुभएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गर्नुभयो । देशकै कम उमेरको गाविस अध्यक्ष हुँदा विकासमुखी र जनमुखी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुभएका कारण उहाँको चर्चा जिल्लाभरिनै भएको थियो । २०७१ भाद्र २७ गते नेपाल सरकारका उद्योगमन्त्री नियुक्त हुनुभएका बस्नेतले उद्योगमन्त्रालयमा १३ महिना आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । उद्योगमन्त्री भएकै बेला २०७२ सालको भूकम्प प्रभावित भक्तपुरबासीहरुका निम्ति विशेष कार्यक्रमसहित जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा मावनीय कार्यमा जुट्नुभयो ।नेकपा एमालेको दशौं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भई, २०७८ मंसिर २५ र २६ मा बसेको केन्द्रिय कमिटिको बैठकबाट पोलिट ब्युरो सदस्य साथै युवा इन्चार्ज हुनुभएको हो । भक्तपुरको समग्र विकासमा समेत सक्रिय बस्नेतको प्रत्यक्ष सहभागितामा विकास निर्माणका हरेक गतिविधिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : ४४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.