८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुदुधकुण्ड नगरपालिकाले ४० लाख ४५ हजार ४ सय रुपैया खोलामा बगायो



सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ४० लाख ४५ हजर ४ सय रुपैया खोलामा बगाएको छ । नगरपालिकाको लापरबाहीले गर्दा उक्त रकम खोलामा बगेको हो ।

ठुला सवारी साधन अन्तरगत टायरवाला रोलर खरिद गरेर संचालन गर्ने क्रममा सवारीको बिमा गर्नुपर्ने थियो । तर नगरपालिकाले बिमा नगराई रोलर संचालन गर्दा उक्त रोलर खोलामा खसेर नष्ट भएको हो ।

तामाखानी सडक सोलिङका क्रममा उक्त रोलर २०७६ जेठ २२ गते लोदिङ खोलामा खसी पुर्ण क्षति भएको छ । सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको उक्त रोलर पुनः काम नलाग्ने अवस्थामा पुगेको छ ।

खरिद गरेको ८ महिनाभित्रै रोलर खोलामा खसेपछी रोलर खरिदमा गरिएको खर्च खोलामा बगाए सरह भएको हो । त्यसैमाथी रोलरको बिमा समेत नगरिएकाले उक्त खर्च फोकटमा गएको छ ।

महालेखा परिक्षकको कार्यालयले २०७७ सालको बार्षिक प्रतिबेदनमा उल्लेख गरे अनुसार नगरपालिकामा ठुला सवारी साधन तथा भारी उपकरण संचालन गर्ने चालक समेत नरहेको र आवश्यक चालक रीतपूर्वक नियुक्ति गरि वा सम्झौता गरि काम गराउनुपर्नेमा स्रेस्तासाथ चालकको नियुक्तिपत्र, सम्झौता र चालक प्रमाण-पत्र संलग्न नरहेकोले अनुभवी चालकले संचालन नगरेका कारण दुर्घटना भएको जनाईएको छ ।

नगरपालिकाले नियम अनुसार बिमा गरि रोलर संचालन नगरेको र अनुभवी चालकको ठाउमा मनोमानी ढंगले चालक नियुक्त गरेर रोलर संचालन गरेकाले जनताको करबाट उठेको ४० लाख ४५ हजार ४ सय रुपैया खोलामा बगेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ३ : ०९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.