६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

चागेस्थान मा.बि. केरुङको ५ कोठे भवन भत्कियो, संरक्षणमा किन अग्रसर छैन स्थानिय सरकार ?



अनुज खड्का

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ केरुङमा अवस्थित चागेस्थान मा.बि. को ५ कोठे भवन भत्किएको छ । भवनको छेउमा रहेको आङ पासाङ शेर्पाको जमिन भासिएर खाल्डो परेपछी बिधालयको भवन नै भत्किएको हो ।

आजभन्दा १५ बर्ष अगाडि संसद बिकास कोषको १ लाख, स्थानिय बुद्धिसिंह तामाङको ७० हजार, गाउँ बिकास समितिको अनुदान र बिधालयको आन्तरिक श्रोतबाट निर्मित भवन गत साउन १८ गते भत्किएको हो । भवनको एउटा कोठामा क्षति पुगेपछी बिधालयका प्रधानाध्यापक रोहित कार्कीले प्रहरी मुचुल्का गरि स्थानिय वडा र सोलुदुधकुण्ड नगरपालिकालाई भवन मर्मतका लागि ध्यानाकर्षण गराएका छन ।

अहिले एउटा कोठामा मात्र क्षति पुगेकाले समयमै यसलाई मर्मत गरेर थप क्षती हुनबाट जोगाउनुपर्ने प्रधानाध्यापक कार्कीको भनाई छ । तर मर्मत सम्भारका लागि लिखित निबेदन पेश गरेको भएपनि नगरपालिकाले अनुगमन समेत नगरेको जानकारी प्राप्त भएको छ ।

बिधालयको भवन भत्किदा समेत नगरपालिकाले मर्मत सम्भारमा चासो नदिएको प्रष्ट छ । आखिर समयमै मर्मत गरेर ठूलो क्षति हुनबाट जोगाउनु नगरपालिकाको दायित्व हो । तर लिखित निबेदन नै प्राप्त भईसक्दा पनि नगरपालिका के हेरेर बसेको छ ? तत्काल अनुगमन र मर्मत गर्नुपर्ने सन्दर्भमा नगरपालिकाले किन चासो नदिएको हो ? यो प्रश्न सोलुदुधकुण्ड नगरपालिका माथी तेर्सिएको छ ।

समयमै मर्मत नगरेमा बिधालयका अन्य कोठाहरू समेत भत्किने सम्भावना रहेकाले यसतर्फ यथाशीघ्र नगरपालिकाको ध्यान आकृष्ट होस ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ४० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.