सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा आफ्नै बोलीमा चिप्लिएका छन ।नगरपालिकाको वडा नम्बर ७ मा बनेको पुल वा साँघुलाई मोटरेबल पुल भनेर ब्यापक प्रचार-प्रसार गरेका शेर्पा अन्तत आफ्नै बोलीमा चिप्लिएका हुन । पहिले नेपालकै पहिलो सस्तोमा बनेको गुणस्तरिय मोटरेबल पुल भनेर ब्यापक हल्ला फिजाएका शेर्पा अहिले भने त्यो त कहा पुल हो र ? कल्भर्ट पो हो त भन्न थालेका छन । यसको कारण चाहि निर्माण सम्पन्न भएको ६ महिना पनि नबित्दै उक्त पुलमा देखा परेको समस्या हो ।
मेयर शेर्पाले अहिले आएर अर्को झुट के पनि बोलेका छन भने- उनले भनेका छन “यो पुलको प्राबिधिक स्टमेट(सम्पुर्ण डिजाईन) सघन शहरी बिकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले गरेको हो । एमालेका निर्वाचित जनप्रतिनिधिले वडाबाट १५ लाख बिनियोजन गरेपछि भवन निर्माण आयोजना ओखलढुङ्गाले ५० लाख थप गरेर यो कल्भर्ट निर्माण गरिएको हो ।”
त्यसपछी हामीले सघन शहरी बिकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका ईञ्जिनियर बिनोद सिंहसंग कुराकानी गर्यौ । उहाँका अनुसार उक्त पुलको नापनक्सा देखि लिएर सम्पुर्ण डिजाईन नगरपालिकाले नै गरेर पठाएको थियो । आयोजनाले त आवश्यकतालाई मध्यनजर गरेर बजेट मात्र प्रदान गरेको सिंहले बताएका छन ।
सिंहले भने “खासमा हामीले पुलपुलेसाको काम गर्ने होईन । तर मेयर साहेबले अति नै दबाब दिएपछी आवश्यकताका आधारमा बजेट दिएका हौ । त्यतिखेर कार्यालय भर्खर स्थापना भएको थियो । मेयर साहेब आफै समेत आउनुभयो, बिभाग देखि फोन गराउनुभयो । त्यसपछी कुल ४४ लाख बजेट हामीले दिएका हौ ।”
आयोजनाले श्रमदान सहित गरेर ५० लाख बजेट छुट्याएको रहेछ । जसमा ७ नम्बर वडाले १५ लाख बिनियोजन गरेको थियो । त्यसका अलावा अपर सोलु हाईड्रोपावर कम्पनीले ती ३ ओटा ह्युम पाईप खरिद गरिदिएको हो । यसको नापनक्सा स्टमेट सबै नगरपालिकाले नै गरेर पठाएको भवन निर्माण आयोजनाले जनाएको छ । यता मेयर शेर्पाले त्यसमा पनि झुट बोलेका छन ।
नगरपालिकाले डिजाईन गरेर पठाएको स्टमेट
सुरुमा श्रोत गोप्य राखेर सबै मैले नै गरेको हो भन्न तम्सिएका शेर्पा अहिले भन्दैछन “सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ ( नेकपा एमालेबाट निर्बाचित वडा) ले बिनियोजन गरेको रू १५ लाखबाट गार्म र भित्ताखर्कको बिचमा रहेको सोलुखोलामा निर्माण गरेको कार्लभर्टको बिषयमा सामाजिक संजालमा आएको टिक्काटिपणी प्रति मेरो ध्यान आकर्षित भएको छ । यो कर्लभर्ट पछि भवन विभाग ओखालढुंगले रू ५० लाख थप गरेर निर्माण सम्पन्न गरेको हो । यसको सम्पुर्ण डिजाइन उतैबाट गरेको, र निर्माण कार्य उपभोक्त समिति मार्फत गरेको हो । थोरै लगानीमा निर्माण गरेको यो कर्लभर्टले सोलुखोलाको यत्रो पानी थेगेको छ । भारी बर्षले बगाएर ल्याएको ठुलो रूख कर्लभर्टमा अड्केको कारण खोलाको पानी ओभरफ्लो भएको छ , तर कर्लभर्ट बलियोसंग निर्माण गरेको हुनले केहि भएको छैन र हुदैन । यस कर्लभर्टमा अड्केको रुखहरु निकालेर सफा गरेर कर्लभर्टलाइ संचालनमा ल्याईनेछ, र यस बिषयमा गलत प्रचार गर्ने साईभर स्यालहरुको मुखमा आफै बुच्चो लाग्ने छ ।”
कल्भर्ट बलियो छैन भनेर हामीले भनेका थिएनौ । हामीले त खोलामाथी पुल हुनुपर्नेमा, पुलमाथी खोला कसरी आयो भन्ने प्रश्न मात्रै गरेका हौ । प्रश्न पनि समस्या समाधान होस भन्ने हेतुले उठाएका थियौ । तर त्यसैलाई आधार बनाएर क-कसले के-के भने, बिरोध गरे कि समर्थन त्यसको कुनै सरोकार हामीसङ्ग छैन । मेयर साहेबको भासामा न त हामी साईभर स्याल नै थियौ । प्रशंसा नै मात्र गरिराख्नेहरू सधै। सबै मित्र हुदैनन र आलोचना गर्दैमा कोहि शत्रु हुदैन । यति कुरा मेयर साहेबले बुझ्न आवश्यक छ ।
जब यो पुल सम्पन्न भयो तब आफ्नै घरखेत बेचेर आएको पैसाले पुल बनाएको जस्तो गरेर प्रचारबाजी गर्ने पनि मेयर शेर्पा नै थिए । उनैले भनेका हुन “सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ७ भित्ताखर्क र साल्मे बिचको सोलुखोलामा अत्यन्तै छोटो समयमा करिब ७० लाख रुपैयाको लागतमा निर्माणाधिन मोतरेबल पुल निर्माणको अन्तिम चरणमा छ । सायद यो पुल नेपालकै पहिलो सस्तो र गुणस्तरिय पुल हो ।”
यहा मेयर साहेबले भन्नुभएको छ “नेपालकै पहिलो सस्तो र गुणस्तरिय पुल” यहा सायद लेखन त्रुटि हो । सस्तोमा बनेको गुणस्तरिय पुल हुनुपर्नेमा सस्तो र गुणस्तरिय भनिएको छ । मेयर साहेबको भनाई अनुसार त यो भन्दा गुणस्तरिय पुल नेपालमा अर्को छदैछैन भन्ने हुन्छ । यसमा त्यति ध्यान नदीइकन मोटरेबल शब्दमा केन्द्रित हुने हो भने अहिले आएर कल्भर्ट भन्नुको अर्थ के हो ?
खुलेआम झुटमाथी झुट बक्दै जाने अनि आफू चोखिन अरुलाई दोषिरहने प्रबृति गलत छ । मेयर शेर्पाले एउटै बिषयमा बोलिएका ३ झुट त पुष्टि भईसकेकै छन । पहिलो यो पुलको डिजाईन नगरपालिकाले गरेकै हैन भन्नु, दोस्रो सुरुमा ७० लाख बजेट भनेर भ्रम छर्नु अनि तेस्रो पहिले मोटरेबल पुल भनेर भ्रम छर्ने अनि अहिले चाहि कल्भर्ट मात्रै हो भनेर भन्नु- यी सब झुट हुन, भ्रमको खेति मात्रै हुन ।
खैर ! जे होस हामीले बिषय उठान गरेपछि नगरपालिकाले २४ घण्टाभित्रै समस्या समाधान गरेको छ । यस्ता समस्या आगामी दिनमा पनि नदेखियोस । हाम्रो शुभकामना ।