१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

चार पूर्वमाओवादी नेताको रिट न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै



काठमाडौं : चार पूर्वमाओवादी नेताले सांसद पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ। नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चारनेताले बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै दायर भएको रिटको बिहीबार सुनुवाई हुन लागेको हो। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी २६चैतमा कारवाही गरेको थियो। परमादेशबाट सांसद पदमा पुनर्बहाली गर्न उनीहरूले माग गरेका छन्।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.