९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

दिक्तेक रुपाकोट मझुवागढी नगरपालिकाद्वारा ३ करोडभन्दा बढिको आन्तरिक स्रोत स्थापना



अनुज खड्का

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन मार्फत बार्षिक ३ करोड हाराहारीको आन्तरिक स्रोत स्थापना गरेको जनाएको छ । हिमाल एफ.एमका प्रबन्ध निर्देशक भानुभक्त निरौलासङ्ग एक कार्यक्रममा कुरा गर्दै नगरप्रमुख दिपनारायण रिजालले सो जानकारी दिनुभएको हो ।

नगरप्रमुख रिजालका अनुसार नगरपालिकाका विभिन्न क्षेत्रमा निर्माण गरिएका पर्यटन पुर्वाधारहरू मार्फत उठ्ने आन्तरिक राजस्व ३ करोड भन्दा माथी हुने छ । सुरुमा आफूहरू निर्वाचित भएर आउदा शून्य स्रोतमा काम गरिरहेको भएपनी ५ बर्षे कार्यकाल सकिदै गर्दा ३ करोडभन्दा माथीको आन्तरिक स्रोत बिस्तार गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “हामी प्लानिङ र प्राक्टिसमा फोकस्ड छौ ।” नेपालको ७५३ वटै स्थानिय तहमध्य पहिलो आवधिक योजना बनाएर सोही अनुसारको बिकासनिर्माणलाई प्राथमिकता दिएको रिजालको दाबी छ ।

भुलभुलेलाई आकर्षक पर्यटन गन्तब्यका रुपमा बिकास गरेर अहिले पनि मासिक ८० हजार राजस्व संकलन गरिरहेको नगरप्रमुख रिजालले बताउनुभयो । त्यस्तै पेन टावरबाट बार्षिक १ करोड, यलम्बर पार्कबाट बार्षिक १ करोड, सपिङ कम्पेल्क्स र चिल्ड्रेन पार्कबाट बार्षिक १ करोड राजस्व संकलन गरिने रिजालको भनाई छ ।

प्राकृतिक रुपमै अग्लिएका डाडा भ्यु टावर निर्माण गरेर अनावश्यक खर्च गर्यो भन्ने आलोचना भईरहेको छ नि भन्ने निरौलाको प्रश्नमा रिजालले भन्नुभयो “हामीले धेरै अध्ययन गरेर उक्त निर्णय गरेका हौ । डाडा त पहिले पनि थियो तर मान्छे जादैन थिए । तर अहिले हेर्न जानुहोस दैनिक सयौ मान्छे त्यहा पुगिरहेका छन ।” नगरपालिकाले अनावश्यक खर्च नगरेको स्पष्ट पार्दै मेयर रिजालले थप्नुभयो “हामीले पर्यटनमा जति पनि योजनामा काम गरेका छौ । यदि त्यसमा हामीले काम नगरेको भएपनी त्यो बजेट अन्य स्थानिय तहमा त्यही कामको लागि जानेथियो । अन्त जाने पैसा हामीले ल्याएर काम गर्दा गर्व गर्ने कि आलोचना ?” उहाँको प्रश्न छ ।

अहिले नगरपालिकाले ११ वटा पर्यटकिय गन्तब्यको छनौट गरेर ती गन्तब्यमा भौतिक पुर्वाधार निर्माणको काम गरिरहेको छ ।

दिक्तेलको हिलाम्य सडकका सन्दर्भमा मेयर रिजालले आफूहरु निर्वाचित भएपछी पहिलो बैठकबाट नै दिक्तेल बजार ब्यबस्थापनको योजना वनाएर काम गरेको बताउनुभयो । अहिले धेरै हिलाम्य सडकहरू ढलान भईसकेको र बाकी सडकहरूको ढलान कार्य भईरहेका धैर्य गर्न उहाँले अनुरोध समेत गर्नुभयो । यसपालीको हिउदमा बजार क्षेत्रको सबै सडक ढलान भईसक्ने नगरप्रमुखको भनाई छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : १५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.