५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

हलेसी तुवाचुङ नगरपालिका खोटाङको १० नं वडा शिल



अनुज खड्का

खोटाङ हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १० अर्खौलेलाई शिल गरिएको छ । कोभिड-१९ को दोस्रो भेरियन्ट मत्थर हुने संकेत नदेखिएपछी वडालाई शिल गरिएको हो । अहिले वडामा संक्रमण दर निरन्तर उकालो लागिरहेको भन्दै नगरपालिकाको निर्देशनमा अर्खौलेलाई शिल गर्ने निर्णय वडा बिपत ब्यबस्थापन समितिले गरेको वडाकार्यालय अर्खौलेले जनाएको छ ।

कोरोना महामारीको दोस्रो भेरियन्टको संक्रमण सबैतिर बिस्तारै नियन्त्रण हुँदै गईरहेको अवस्थामा अर्खौलेमा भने वडा नै शिल गर्नुपर्ने स्थिती आएको हो । अहिले नै थप सचेत भईएन भने स्थिती भयावह बन्ने भन्दै वडा बिपत ब्यबस्थापन समितिले एक साताको निम्ति वडा शिल गरेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.