२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।
सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् । अदालतले दलिय ब्यबस्थाको घाँटी निमोठेर निर्दलिय ब्यबस्थाको बिजारोपण गरेको उनिहरूको आरोप छ । यसले देशमा राजनितिक द्वन्द्व भड्किने पनि ओली पक्षको भनाई छ । सर्बोच्चले दुईदिन भोत्र देउवालाई प्रधानमन्त्री बनाएर ७ दिनभित्र संसद बोलाउन परमादेश दिएको छ ।