अनुज खड्का
देश संघिय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछी स्थापित स्थानिय तहहरूमा अहिले एक स्थानिय तह एक बैंक स्थापना भएका छन । गाउँ-गाउँमा बैंक पुगेपछी आर्थिक कारोबार थप सहज र पारदर्शी बनेको छ । तर त्यही बैंकिङ सेवा प्रदान गर्नका लागि चाहिने भरपर्दो ईन्टरनेट सेवा नहुदा समस्या उत्पन्न भईरहेको छ ।
बिकट गाउँमा बैंक त पुग्यो तर भरपर्दो ईन्टरनेट सेवा अभावमा बैंकले प्रदान गर्ने सेवाहरू प्रभावित बनिरहेका छन । कहिले त हप्तौसम्म ईन्टरनेट नचलिदिदा बैंकका कर्मचारी देखि लिएर सेवाग्राही समेत मारमा परेका हुन ।
खासगरी असार मसान्तका समयमा बैंकमा सेवाग्राहिको चाप धेरै हुने तर यहि समयना मौसमका कारण ईन्टरनेटमा समस्या देखिनाले कतिपय सेवाग्राहिहरू १ घण्टाको कामको लागि हप्तौ कुर्न समेत बाध्य रहेका हुन । अहिले गाउँ-गाउँमा पुगिरहेको ईन्टरनेट सेवा तार बिनाको ईन्टरनेट हो । यस्तो ईन्टरनेटमा मौसम प्रतिकुल हुने बित्तिकै नेट नचल्ने समस्या देखा पर्छ । जसले गर्दा बैंकिङ कार्यका लागि ईन्टरनेट नै मुख्य बाधक बन्ने गरेको धेरैको गुनासो छ ।
कतिपय पहाडी जिल्लामा त झन सदरमुकाममा समेय अप्टिकल फाईबर छैन । वायरलेस ईन्टरनेटको कुनै भर हुदैन । यसले गर्दा बैंकको काम निक्कै पटक प्रभावित बनेको बैंकका कर्मचारीहरू बताउछन
यसका अलावा स्थानिय तहकै पनि धेरै कामहरू ईन्टरनेटका माध्यमले सम्पादन गर्नुपर्ने हुन्छ । तर भरपर्दो ईन्टरनेट सेवा नहुदा धेरै स्थानिय तहका काममा पनि सुस्तता देखिएको छ । गुणस्तरिय ईन्टरनेट सेवा नभएकै कारण धेरै स्थानिय तहले जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
अहिले गाउँ-गाउँमा ईन्टरनेट सेवा पुर्याउनका लागि केही प्राईभेट ईन्टरनेट सेवा प्रदायक कम्पनीहरूले स्थानिय तहसङ्ग साझेदारी गरेर काम गरिरहेका छन । तर उनिहरूले प्रदान गरिरहेको सेवा भने चित्त बुझ्दो नभएको धेरै स्थानिय तहका जनप्रतिनिधिहरूको गुनासो रहेको छ ।