काठमाडौं। लामो समयदेखि गुट उपगुटमा बिभाजित भएर जिल्लामा कमजोर बन्दै गएको नेपाली कांग्रेसलाइ आसन्न जिल्ला अधिबेशनबाट नै एकढिक्का बनाएर लानुपर्ने भन्दै सोलु कांग्रेसका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले बिशेष अभियान सुरु गर्नुभएको छ।
नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य समेत रहनु भएका कार्कीले आन्तरिक रुपमा पार्टी बिभाजित हुंदा त्यसको लाभ विपक्षी दलले लिएको यथार्थलाई हृदयंगम गरि वडा तहको अधिबेशनबाटै पार्टीलाई एकढिक्का बनाएर लैजानका लागि काठमाडौंमा उपलब्ध पार्टीका जिल्ला नेता कार्यकर्ताहरुसंग आफुले बिशेष छलफल र अन्तर्कृया सुरु गरेको कार्कीले रहस्य खबरलाई जानकारी दिनुभयो ।
नेता कार्कीसहित पूर्ब महासमिति सदस्य रामबहादुर बस्नेत,कांग्रेस आदिवासी जनजाति बिभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा र महिला संघकी केन्द्रीय सदस्य डोल्मा तामाङ समेत यो अभियानमा संलग्न हुनुहुन्छ । जिल्ला अधिबेशनको अन्त्यपछि एउटा पक्षले स्वीकार गरेको सभापतिलाई अर्को पक्षले अस्वीकार गर्ने बिगतको जस्तो दूर्भाग्यपूर्ण परिष्थितिको अन्त्य गर्ने अभियानको उद्देश्य रहेको नेता कार्कीको स्पष्ट पार्नु भयो।जिल्ला तहको अधिबेशनबाट पार्टीलाई सशक्त बनाएर लैजानकै निमित्त जिल्लाका आठवटै स्थानीय तहका पार्टी नेता ( कार्यकर्ताहरुसंगको छलफल र अन्तरक्रियालाई निरन्तरता दिइने जानकारी समेत वहाँलेले दिनुभयो ।
यसै सन्दर्भमा नेता कार्कीकै अगुवाईमा बिहिवार काठमाण्डौको कमलपोखरिस्थित हुकुम दरबार होटेलमा जिल्लाको नेचासल्यान गाउपालिकाका काठमाण्डौमा उपलब्ध कांगेस नेता कार्यकर्ताहरुको भेटघाट तथा छलफल सम्पन्न भएको छ।
कांग्रेस आदिवासी जनजाति बिभागका केन्द्रीय सदस्य आङ छिरिङ शेर्पा, कांगेस सोलुखुम्बुका नेताहरु राम बहादुर बस्नेत, हुत्तराज बस्नेत, उद्दबकुमार शर्मा , सुर्य कुलुङ ,महिला संघ केन्द्रीय सदस्य डोल्मा तामाङ महाधिबेशन प्रतिनिधी एबम तरुण दलका जिल्ला अध्यक्ष अशोक झा, , पार्टी जिल्ला कार्य समिति सदस्य सन्तोष कटेल, डुकादेबी शर्मा, जिल्ला नेताहरू भोजकुमार बस्नेत,दुर्योधन राइ लगायतको उपस्तिथि रहेको छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनुभएका कांग्रेस नेता कार्कीले कांग्रेसको भविष्यसंग जिल्लाको बिकास र समृद्धिसमेत जोडिएकाले सम्पूर्ण असमझदारीहरुको अन्त्य गरेर आसन्न अधिबेशनलाई अभूतपूर्व रूपमा सफल बनाउन सबैले योगदान गर्नुपर्ने बताउनुभयो।
नेता कार्कीले आफु पहिले देखि नै जिल्लामा पार्टी एकजुट बनाउन प्रयत्नरत रहेको स्पष्ट पार्दै सोलुखुम्बु कांगेस एकताको बाटोमा अघि बढिरहेको दाबी गर्नुभयो । पार्टीका नेता (कार्यकर्ताहरुलाई काखापाखा नगरी सबैको योगदानको उचित मूल्यांकन गरेर अगाडि बढ्नु पर्ने मान्यतामा आफू दृढ रहेको वहाँको प्रस्टोक्ती थियो।
छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै जनजाति बिभागका केन्द्रीय सदस्य शेर्पाले सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेस सबै भन्दा बलियो शक्ति हुंदा हुँदै पनि आफ्नै कारणले निरन्तर कमजोर बनिरहेको बताउंदै यसको अन्त्य यसै अधिबेशनबाट गरेर पार्टीलाई सशक्त ढंगले अगाडी बढाउन सबै नेता(कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
सोलु कांग्रेसका अर्का नेता रामबहादुर बस्नेतले कांग्रेसलाई जनताको आशा र भरोसाको केन्द्र बनाउनु अपरिहार्य रहेको बताउनुभयो।त्यसका लागि जिल्लाको पार्टी नेतृत्व पहिला आफू बिश्वासिलो हुन जरुरी रहेको बताउंदै गुट उपगुटबाट अघि बढ्न खोजे त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो ।पार्टी नेतृत्व सबैको साझा हुनुपर्ने वहाँको धारणा थियो।
कार्यक्रमका अन्य बक्ताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि नेता कार्कीको प्रयासको प्रशंसा गर्दै नेताहरूमा सद्बुद्दी अब पनि नपलाउने हो भने जिल्लामा कांग्रेस भनेर हिंड्नुको अर्थ नरहने धारणा राख्नुभएको थियो।
नेता कार्कीकै आयोजनामा यस अघि नै यस्तै किसिमको छलफल र अन्तरकृया लिखुपिके र महाकुलुङका कांग्रेसका नेता(कार्यकर्ताहरुबीच सम्पन्न भएको कांग्रेस युबा नेता दिनराज बांस्तोलाले जानकारी दिनुभयो । ©रहस्य खबर