कुनै दिन घरभरि भएका सन्तानहरुले छोडेर आफ्नो सुनौलो भविष्यको निर्माण गर्ने भनेर शहर पुगेका त्यो पल्लाघरे माईलादाईको सन्तान आजभोली गाउमै खेतिकिसानी गरिरहेका छन । उता माथ्लाघरे दाईको छोरा बुहारिहरु पनि अहिले गाउमै रमाईरहेका छन । उनीहरुमात्रै नभएर गाउँबाट शहर गएका धेरै जसोयति बेला गाउँमा देखिन्छन ।
रेडियोमा समाचार भन्दैगर्दा अन्तर्राष्ट्रिय समाचारजतिप्राय कोरोना प्रभावकै हुन्थ्यो, त्यहिभएर फिल्डतिर कहिलेकाही निस्क्यौ भने प्रश्न आउथ्यो रेडियो खोल्दा किन कोरोनामात्रै आउछ ? पिटिक्कै सुन्नै मन लाउदैन । आज त्यो घरबाट फोन आयो, बाबु मेरो कान्छो छोरो कारोनाले सिरियस छ,हस्पिटलमा बेड छैन, उताविदेशमाभएको माईलो छोरो नि अलपत्र परेको छ । नेपालसम्म आउनसक्ने विकल्प छैन, यो कुरा सम्बन्धित निकायसम्म पुयाउनुपर्याे । हाम्रो आवाज भनेको बाबु नानी र त्यहि रेडियो रहेछ । यि र यस्ता कुराहरु त प्रतिनिधिपात्र जस्तै हुन । दिन दूई गुणा र रात चौगुणा डर र त्रासमा सर्वसाधारण छन । कोहि भाईरस हटाउछ रे यस्ले त नानीदेखि लागेको बानीकहा छोड्न सकिन्छ र कोरोना आए आवोस गए जावोस भनेर टोलटोलका भट्टिमा लुकिछिपि मादक पदार्थको सेवनमा ब्यस्त छन ।
कोरोना भाईरस (कोभिड १९)को प्रभाव नेपालमापनि पर्न थालिसकेको थियो । धमाधम शहर छोडेर गाउआउनेहरुको लर्काे लागेको थियो, नभन्दै सबैतिर बन्दाबन्दि सुरु भयो । हजारौको शंख्यामा संक्रमित बढिरहेका छन । एकातिर रोगको चिन्ता अर्काेतिर डर त्रास र केहि आशमा सर्वसाधारण देखिन्छन । बालबच्चाहरु यतिबेला पढाईमा ध्यान नदिएर मोबाईलमा मोटु,पात्लु हेर्न र गेम खेल्न मस्त छन । आर्थिक मन्दिजताततै छ । चोकमा जमघट छैन, माक्स लगाएकोले मान्छे चिन्न गाह्रो छ । बाचेपनि मरेपनि गाउमै मरुला भनेर दिनरात लुकिछिपि भएनि गाउ भित्रिनेकै संख्या उच्च छ । शहरमा ६ महिनाको भाडा तिर्न बाकी छ अब किन जाने कोठाको सामाननै राखोस ्भन्ने आवाज सुनिन्छ ।
फेरि कोरोना हट्नेछ र हिजोकै अवस्थामाफर्किन सकिन्छ भनेर झिनो आशामा यतिबेला समाज निदाईरहेको छ । कहिलेसम्म आशैआशमा निराश हुनपर्ने थाहा छैन । वश ः आवश्यक सावधानी अपनाएर कोरोना लाग्न नदिने होकि, सबैजना सुरक्षित रहौ ।
२५ असार २०७८, शुक्रबार
प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १० : १७ बजे