१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

दिक्तेल बजेट बिवाद पुर्वाग्रह मात्र, बास्तबिकता भने यस्तो



अनुज खड्का ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा देखिएको बजेट बिवाद केवल पुर्वाग्रहका कारण फैलाईएको अफवाह मात्र भएको नगरप्रमुख दिपनारायण रिजालले बताएका छन । अहिले नगरप्रमुख रिजालले शिर्षक बिनाको बजेट प्रस्ताब गरेर अदृश्य रुपमा खर्च गर्न लागेको भन्दै नगरपालिकाकै केही वडाध्यक्ष र कार्यपालिका सदस्यले ढोल पिटिरहेका छन । तर उनिहरूको यो चिच्याहट केवल नगरप्रमुखको असल छबिलाई धमिल्याउने षड्यन्त्र मात्रै भएको कार्यपालिकाकै १ सदस्यले बताएका छन ।

नगरप्रमुख रिजालद्वारा प्रस्ताब गरिएको उक्त ४ करोड ३१ लाख बजेट सशर्त अनुदान मार्फत बिनियोजित बजेटले नसमेटेका कार्यक्रमहरूमा खर्च गर्नका लागि भएको रिजालले बताएका हुन । गत साल पनि ५ करोड भन्दा माथी बजेट यसरी नै बिनियोजन गरेर टोलटोलमा कार्यक्रम लगिएको उनको भनाई छ । उनी भन्छन “सशर्त बजेटको आकार सानो हुन्छ तर आवश्यकता भने धेरै रहेकाले यहि तरिकाबाट बिगत देखि नै काम गर्दै आएका छौ । प्रस्ताब गरिएको उक्त बजेट पारदर्शी ढंगबाट नै खर्च गरिने हुदा बिवादको कुनै आवश्यकता छैन । कृषिको पकेट क्षेत्र निर्माणका लागि नगरपालिकाले बजेट थप गर्दै संचालन गरिरहेको कार्यक्रमहरू, बिधालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि दिईदै आईएको थप अनुदान, उपमेयरसङ्ग महिला कार्यक्रम, दलितको लागि संचालन गरिने विभिन्न सिपमुलक तालिम र आदिवासी जनजाती गुरुयोजना कार्यान्वयन जस्ता कार्यक्रमहरूलाई यहि बजेटबाट पुर्णता दिईने जनाईएको छ ।

अहिले बाहिर समाचारहरूमा आईरहे जस्तो वडाध्यक्ष बिच कुर्सी हानाहान नभएको पनि नगरप्रमुख रिजालले स्पष्ट पारेका छन । बैठकमा मत-मतान्तर सिर्जना हुनु स्वभाबिक भएकाले गलत प्रचार गरिनु जायज नभएको रिजाल बताउछन ।

उनले भने “बिगतमा पनि हामीले यसैगरी कार्यक्रम संचालन गर्दै आएका हौ । त्यतिखेर सबैको सहमतीमा नै यसरी कार्यक्रम बनाउदै आएकामा अहिले आएर भने पुर्वाग्रही भएर नगरपालिकाकै बदनाम गरियो । तर उनिहरूले भने जस्तो अदृश्य खर्चका लागि उक्त बजेट राखिएको होईन । आवश्यकताका आधारमा बिषयगत कार्यक्रम संचालन गर्नका लागि उक्त बजेट प्रस्ताब गरिएको हो । यदि कुनै नाजायज उदेश्यका लागि उक्त बजेट राखिएको भए नगरसभामा प्रस्ताब नै गरिदैन थियो होला नि ? खुलेआम नगरसभामा प्रस्ताब गरिएको बजेट अदृश्य ढंगले खर्च गरिन्छ भन्नू कि अज्ञानता हो कि त मुर्खता मात्र हो । बिरोधका लागि बिरोध गरेर सबैलाई भ्रम छर्ने काम बन्द गरौ ।”

असन्तुष्ट पक्षसङ्ग सहमतीको प्रयास जारी रहेको पनि नगरप्रमुख रिजालले जानकारी दिएकाछन । नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरूले नगरकै हित चाहने हो भने सहमतीमै अगाडि बढ्नुपर्ने पनि रिजाल बताउछन ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ८५ करोड आठ लाख ६२ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.