५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सोलुखुम्बुमा क्रेनले बिधुतको तार छुदा २ को मृत्यु २ घाईते



सोलुखुम्बु – सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको छ ।

आज विहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो भने अन्य २ जना घाईते भएका छन् । मृत्यू हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य २ जना घाईते भएको र घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि कवित कटुवालले जानकारी दिए ।

८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ११ : १४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.