९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सोलुखुम्बुमा साहस उर्जाको दादागिरी, न नियमको पालना/ न कानुनको डर



अनुज खड्का : सोलुखुम्बु जिल्लामा संचालित ८६ मेघावाटको हाईड्रोपावर कम्पनीले दादागिरी देखाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जारी गरेको निशेधाज्ञाको अबज्ञा गर्दै कम्पनीले दादागिरी देखाएको हो । निशेधाज्ञाको समयमा प्रशासनसङ्ग कुनैपनि समन्वय नगरीकन तराईबाट कामदार झिकाएर हाईड्रोले दादागिरीको रबैया प्रस्तुत गरेको हो ।

अहिले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कम्पनीले झिकाएको १८ जना कामदारलाई नाकामा रोकेर राखेको छ । प्रशासनले जहाबाट आएको त्यहि फर्किन आदेश दिएको भ​एपनि उक्त कामदारहरू ठाडे र पत्तालेको बिचमा पर्ने गुरासडाडा भन्ने जङ्गलमा रोकिएका छन ।

कम्पनीको तर्फबाट प्रकाश दाहाल जिल्ला प्रशासन कार्यालयसङ्ग अनुमती माग्न बल्ल पुगेकाछन । सुरुमा कुनै समन्वय नगरेको भन्दै प्रशासनले अनुमती नदिने जनाएको छ । यस्तोमा ती १८ जना कामदार भने बिच जङ्गलमा अलपत्र परेका छन । भूमे संचार प्रालीले हाईड्रोको यो मनोमानी हर्कत र दादागिरीको सन्दर्भमा कम्पनीका प्रतिनिधि दाहालसङ्ग कुरा गर्न खोज्दा उनले आफ्नो मोवाईल स्विच अफ गरेर राखेका छन ।

तराईबाट झिकाईएका उक्त कामदारहरूको पिसिआर रिपोर्ट बोकेर गाडी भरी मान्छे ल्याएको हाईड्रोले उक्त कामदारको जिम्मा लिएर सकुशल घर फर्काउनुपर्ने प्रशासन बताउछ । यो महामारीको समयमा उनीहरुलाई कुनैपनि हालतमा जिल्ला छिर्न नदिने प्रशासनको भनाई छ । नाकाबाट बिहान ११ बजे नै फर्काईएको भ​एपनि अहिलेसम्म कामदार बोकेको सवारी गुरासडाडामा रोकिएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.