आज खोटाङको हलेसी तुवाचुङ नगपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हलेसीस्थीत आइसोलेसन सेन्टरमा शुक्रबार २१ जनामा गरीएको एन्टिजेन परीक्षण गर्दा ४ महिला र ८ पुरुष गरि १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना पुष्टि हुनेहरु सबै वडा नम्बर ७ महादेवस्थाका रहेका छन । यो संगै कोरोना संक्रमण हुनेको सङ्ख्या पुगेको १५९ पुगेकोछ । त्यस्तै आज थप २ जनाले कोरोना जिते संगै कोरोना जित्नेको सङ्ख्या ३८ पुगेको छ ।
२१ जेष्ठ २०७८, शुक्रबार
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ६ : ५४ बजे