५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सल्लेरी च्याल्साको बिधुत सेवाले धुरुक्कै रुवायो, सेकेण्ड-सेकेण्डमा जान्छ बत्ती



अनुज खड्का
जेष्ठ १५, सोलुखुम्बु

सल्लेरी च्याल्सा बिधुत कम्पनीको बिधुत घरीघरी आउने-जाने गर्नाले उपभोक्ता आजित भएका छन । दिनमा सयौ पटक बिधुत आउने र जाने समस्याले उपभोक्तालाई हैरान बनाएको हो ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी र आसपासको ईलाकामा यस कम्पनीले बिधुत सेवा बितरण गर्दै आएको छ । तर हिउँदमा पानी कम भएकाले उत्पादन घटेको बाहानामा र बर्खामा धेरै पानी भएकाले भोल्टेज ब्यबस्थापन गर्न नसकेको निउमा दैनिक सयौ पटक बिधुत अपडाउन हुने गरेको छ । जसले गर्दा यस कम्पनीका उपभोक्ताहरू मारमा परेका छन ।

पहिले दिनमा बिहान बेलुका गरेर ४ देखि ६ घण्टासम्म लोडसेडिङ गर्दै आएको कम्पनीले, अहिले नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन मार्फत बिधुत खरिद गरेर आफ्नो बितरण लाईन मार्फत उपभोक्ताको घर-घरमा पुर्याईरहेको छ । तर जुनदिन देखि प्राधिकरणको बिधुत जडान गरियो त्यहिदिन देखि बिधुत नियमित आउन छाडेको हो ।

सेकेण्ड सेकेण्डमा बत्ती आउने र जाने समस्याले गर्दा उपभोक्ताको काम अड्किने, बिधुतिय उपकरणमा क्षति पुग्ने देखि लिएर मिटर समेत धेरै घुम्ने समस्या आईपरेको छ । तर पनि कम्पनीले यसको समाधानमा कुनै पहल गरेको छैन । यसका कारण लोडसेडिङ हट्यो भनेर हर्षित बनेका उपभोक्ता हात्ती आयो, हात्ती आयो फुस्सा जस्तै बनेका छन ।

उपभोक्ताले समस्या समाधानको निम्ति अपिल गर्दा कम्पनीले आफ्नो दोष नभएको र नेपाल बिधुत प्राधिकरणको बिधुतमै समस्या आएको बताउने गरेको छ । उता नेपाल बिधुत प्राधिकरण पनि समस्या कम्पनीको नै भएको बताउछ । तर समस्या जसको भएपनी समाधानमा भने दुबै अग्रसर देखिएका छैनन ।

यता उपभोक्ताहरू भने बितरण लाईन समेत नेपाल बिधुत प्राधिकरणकै हुनुपर्ने माग गर्न थालेका छन । राष्ट्रिय प्रसारण लाईनको बिधुत सल्लेरी च्याल्सामा जडान गरेर बितरण गरेकाले नै यो समस्या आएको उनिहरूको ठम्याई रहेको छ । प्राधिकरणबाट खरिद गरिएको र कम्पनीले खुद उत्पादन गरेको बिधुत भोल्टेजलाई ब्यबस्थापन गर्न नसक्दा नै यो समस्या आएको उपभोक्ताहरू बताउछन । त्यसैले बरु बितरण लाईन समेत सिधै प्राधिकरणकै हुनुपर्ने उनिहरूको माग रहेको हो ।

यसरी बिधुत अपडाउन हुने समस्या सुरु भएको बर्षदिन पुग्न लाग्दा समेत कम्पनीले समस्याको हल दिन सकिरहेको छैन । यस बिषयमा कम्पनीका कर्मचारीलाई सोध्दा काम भईरहेको मात्र बताउछन । तर समस्या भने सधै ज्यू का त्यू रहेको हो । यो समाचार लेखिरहदा पनि करिब १७ पटक बत्ती आउने र जाने गरिसकेको छ । यो समस्या आजको मात्र हैन महिनौ भईसकेको छ । त्यसैले सम्बन्धित निकायको यसतर्फ बेलैमा ध्यान पुग्न आवस्यक छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.