महानगरिय प्रहरी प्रभाग बालकोट भक्तपुरका प्रहरीहरूका निम्ति समाजसेवी रबी राणा र बिकास श्रेष्ठले स्वास्थ्य सामाग्री प्रदान गरेकाछन । बालकोट युवा समाजका अध्यक्ष राणा र बालकोटमै बर्गर हाउस संचालन गरिरहेका ब्यबसायी श्रेष्ठले कोरोना महामारी नियन्त्रणमा अग्रपङ्तीमा खटिरहेका प्रहरीहरूका लागि उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । जसमा ३५ सेट पिपीइ, सेनिटाईजर, मास्क र ग्लप्स रहेकाछन ।
आज बुद्द जयन्तीको अवसर पारेर उक्त स्वास्थ्य सामाग्री प्रहरी प्रभाग बालकोटका प्रहरी प्रमुख नरहरी रेग्मीलाई हस्तान्तरण गरिएको बालकोटबाट हाम्रा सहकर्मी नन्दाकुमार किरातीले जानकारी दिनुभयो ।
समाजसेवी राणा र श्रेष्ठ बिगत लामो समय अघिदेखि नै सामाजिक कार्यमा सकृय रहेका छन । उनीहरूले देशमा आईपर्ने बिपतमा आफूले सक्ने सहयोग गर्दै आएका हुन । केहिसमय अगाडी सिन्धुपाल्चोकमा पहिरोले बेघर बनेका पिडितहरूको लागि राहत बोकेर पुगेका बिकास श्रेष्ठ अहिले भने राणासङ्ग मिलेर प्रहरीहरूको लागि स्वास्थ्य सामाग्री बितरणमा लागि परेका छन ।
बिश्वब्यापी महामारी कोभिड-१९को संक्रमण नियन्त्रणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू अग्रस्थानमा रहेकाले उनिहरूलाई सबैभन्दा धेरै संक्रमणको जोखिम रहेको छ । यस्तोमा सामाजिक काम गर्दै आएका आफूजस्तै अन्य सामाजिक ब्यक्ती वा संघ सस्थाले पनि सहयोग गर्नुपर्ने उनिहरूको भनाई छ ।
आज पुर्ण सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रहरी प्रभागलाई स्वास्थ्य सामाग्री बितरण गर्न पाउदा एक जिम्मेवार नागरिक कर्तब्य पुरा गरेको महसुस भएको राणा र श्रेष्ठले बताएकाछन । उनीहरूले अन्य स्थानमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने र यो महामारीमा कोहि अप्ठ्यारोमा परे सबैखाले सहयोग गर्ने जनाएका छन । जनताको जीवनरक्षाका निम्ति अहोरात्र खटिएका प्रहरीको सुरक्षाका निम्ति आफूहरूले आफ्नो तर्फबाट यो सहयोग गरेर सकारात्मक सन्देश दिन खोजेको उनिहरूले बताएकाछन ।