८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुखुम्बुमा निशेधाज्ञा १० दिन लम्ब्याईने



सोलुखुम्बु : सोलुखुम्बुमा निषेधाज्ञा अवधि पुनः १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भर्चुअल बैठकले अवधि आउँदो जेठ १९ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा संक्रमणदर तथा मृत्युदर क्रमिक रुपले बढ्दै गएकाले संक्रमण नियन्त्रणका लागी निषेधाज्ञा थप गरिएको हो । बैठकमा जिल्लाका स्थानीय तहका प्रमुखहरुले पनि निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निषेधाज्ञाको पुर्ण पालना गराउने सवालमा पालिकाहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउँनुभयो । संक्रमण नियन्त्रणका लागि भिड् नियन्त्रण तथा हिड्डुललाई नियन्त्रण गर्न थप कडाई गरिने उहाँको भनाई छ ।

जसका लागि सडक तथा बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालनलाई जोड दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमणदर बढेसँगै सोलुखुम्बुमा गत बैशाख २६ गते राति १२ बजेबाट १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । जुन अवधि आज राति १२ बजे सकिदै छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : ३५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.