कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ को कालीकादेवी मन्दिरमा पूजापाठ गर्न पूर्णरुपमा बन्द गरिएको छ । मोलुङ वडा नं ६ वडा कार्यालय, प्रहरी चौकी श्रीचौर र मंगलबारे व्यवस्थापन समितिले मन्दिरमा पूजापाठ गर्न बन्द गरेका हुन् ।
कोरोनाको संक्रमण बढ्न नदिन मन्दिरमा हुने कुनै पनि कार्य गर्न नदिने गरी १ हप्ताको लागि पूजापाठ बन्द गरिएको वडाध्यक्ष रामकाजी तामाङले जानकारी दिए । सो मन्दिरमा साउन, कात्तिक र चैत महिनाबाहेकका महिनामा बली पूजा हुँदै आएको छ । बली दिन भक्तालुहरु टाढाटाढाबाट आउने भएकाले कोरोनाको संक्रमण थप फैलिन नदिन पूजापाठ बन्द गरिएको हो ।