१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

कोभिड नियन्त्रणका लागि थुलुङ दुधकोशी गाउँपालिकाको यस्तो निर्णय



विदुर बस्नेत÷जेठ ३ सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशि गाउपालिकाले कोरोना पोजेटिभ देखिएका जटिल लक्षणसहितका ब्यक्तिहरुलाई गाउपालिकाले सन्चालन गरेको कोभिड अस्पतालमा ल्याएर उपचार गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले जटिल लक्षण देखिएकालाई गाउपालिकाको कोभिड अस्पताल र लक्षण नदेखिएका र जटिल नभएकालाई  घरैमा आईसोलेट गरेर राख्ने निर्णय गरेको हो ।

जटिल नभएका  बिरामिलाई पल्स, अक्सिमिटर, डिजिटल थर्ममिटर, सिटामोल, सेनिटाईजर, ग्लोभ, भिटामिन तथा अन्य औषधिसहित मेडिकल किट उपलब्ध गराईने गाउपालिका अध्यक्ष असिम राईले जानकारि दिनुभयो । यस्तै घरमै उपचाररत बिरामिलाई गाउपालिकाका स्वास्थ्यकर्मिबाट परामर्श दिईने भएको छ । लकडाउनका कारण नागरिकलाई अस्पतालसम्म पुग्न गाउपालिका निशुल्क रुपमा आफ्नै यातायात सेवा दिने भएको छ ।

यस्तै, गाउपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मिलाई एकपटकको लागि न्युनतम तलबको ५० प्रतिसत हुनेगरि जोखिम भत्ता दिने भएको छ । गाउपालिकाभित्र सन्चालित ठूला आयोजनाहरुसग रहेका अक्सिजन सिलिण्डर तथा एम्बुलेन्सलाई गाउपालिका मातहतमा ल्याईने भएको छ ।

यता उपभोक्ता हितलाई ध्यानमा राखि कालोबजारि, महंगि लगायतको विकृति अन्त्य गर्न बजार अनुगमनलाई नियमितता दिने भएको छ । गाउपालिका बाहिरबाट आएका सबै नागरिकलाई होम क्वारेन्टिाईनमा अनिवार्य  राख्ने, सचेत गराउने र समुदायलाई जोखिममुक्त बनाउने र सोको ला िगाउपालिकाभित्तका सबै जनप्रतिधि लागिपर्ने निर्णय भएको गाउपालिका अध्यक्ष्ँ राईले जनाउनुभयो ।  साथै आवश्यक स्वास्थ्य सावधानी अपनाई कोरोनाबाट बच्न संंपूर्णमा गाउपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.