७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

दिनदुःखीको साहारा बन्दै मनवका लागि मानव अभियान, कोहि भोकै परे सम्पर्क गर्नुहोस



कोरोना महामारीको दोस्रो लहर न्युनिकरण गर्न नेपाल सरकारले जारी गरेको लकडाउन एक महिना पुग्नै आटेको छ । यो समयमा आवतजावत मात्र हैन कामकाज पनि ठप्प भ​एको छ । यस्तो अवस्था काठमान्डौमा दैनिक ज्यालामजदुरी गरेर छाक टार्दै आएका मानिसहरु रोगको भन्दा पनि भोकको लडाई लड्न बाध्य रहेका छन । बिरामी लिएर देशका बिभिन्न जिल्लाबाट राजधानी पुगेका मानिसहरूलाई समेत खानाको अभाव हुन थालेको छ । यहि बिकराल समस्यालाई मध्यनजर गर्दै मानवका लागि मानव अभियान भोलीबाट राजधानी भर दिन, दुखी गरिब असाहाय र अप्ठ्यारामा परेकाहरूलाई खाना खुवाउने कार्यक्रम संचालन गर्ने भ​एको छ । राजधानीमा आफ्नै छाना नहुनेहरूलाई यतिखेर खाना पनि छैन । काम बन्द छ । बाहिर निस्कन पाईएको छैन । त्यसैले मानवका लागि मानव अभियानले अभावमा रहेका सबैको छाक टारिदिने भ​एको हो ।

यदि तपाई काठमान्डौ छाक टार्नै समस्यामा हुनुहुन्छ भने यो अभियान अन्तरगत तपाईले पनि बिहान बेलुकाको खाना प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि अभियन्ताहरू क्रमश मन्दिरा शर्मालाई ९८४११४७१९५, डिबि पराजुलीलाई ९८१८९२१८७४, दिपेन्द्र ढकाललाई, ९८०११९६६६७, साजन बिकलाई, ९८४३२६८६९८, लिला खनाललाई ९८५१०७२२९९ र सरस्वती काफ्लेलाई ९८०८१९३०९९ मा फोन गर्न सक्नुहुनेछ ।

खासगरी लामो समयको बन्दाबन्दीमा रोजगारी गुमाएका श्रमिक परिवार, अस्पतालमा बिरामी कुरीरहेका कुरुवा वा गाउ फर्किन नपाएर राजधानीमा अल्झिएका मानिसहरूलाई लक्षित गरेर यो अभियान संचालन गरिएको संयोजक हेम बहादुर खड्का राजले बताउनुभयो ।

यो अभियान अन्तरगत कलङ्की देखि सितापाईला, सयम्भु, बसुन्धारा, चक्रपथ​, बालजु, चावाहिल, एयर्पोट, तिनकुने र कोटेश्वरसम्म खाना पुर्याईने छ । सडक बालबालिका, सडकमा अलपत्र मानिस, अस्पतालका बिरामी कुरुवा, साथ्यकर्मी तथा सुरक्षाकर्मी सहित खाना नास्ता र पानीको प्रबन्ध गरिने अभियन्ताहरूले बताएका छन । त्यस्तै कोभिड महामारीलाई मध्यनजर गर्दै आईसोलेसन वार्ड, ब्यबस्थित क्वारेन्टिन र अक्सिजनको समेत प्रबन्ध गरिने संयोजक खड्का बताउनुहुन्छ ।

अहिले अभियन्ताहरू दिनरात नभनीकन मानव सेवामा खटिरहेकाछन । उनिहरूले स्वास्थ्यकर्मीको परिवारला सुरक्षित राख्नका लागि डाक्टर र नर्सका लागि छुट्टाछुट्टै होस्टेलको समेत प्रबन्ध गर्ने अभियन्ता दिपेन्द्र ढकाल बताउनुहुन्छ । त्यसैले यस अभियानमा सबैले हातेमालो गर्न आग्रह समेत गरिएको छ । अभियानले सबै सहयोगी व्यक्तित्वहरुलाई अभियानद्वारा सम्मान समेत गर्ने कुरा संयोजक खड्काले बताउनु भयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.