७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

२५ थपिएसंगै सोलुमा २२५ कोरोना संक्रमित



सोलुखुम्बु – सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परीक्षणमा २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लिखुपिकेमा ७ जना, नेचासल्यानमा ६ जना, माप्यदुधकोशीमा ६ जना, खुम्बु पासाङल्हामु र सोलुदुधकुण्ड नगरपालिकामा ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२५ पुगेको छ । जिल्लामा एक संक्रमितको मृत्यू भइसकेको छ ।

यस्तै, राष्ट्रिय बाणिज्य वैंक सल्लेरीका एक जना कर्मचारीमा कोरोना संक्रमण भएपछि जेठ ३ गते देखि सेवा बन्द गरिने भएको छ ।

अन्य कर्मचारीहरुको पिसिआर गरिएको र उनीहरुको रिपोर्ट नआउन्जेल सम्मका लागी सम्पुर्ण सेवा प्रवाह बन्द गरिने बैंक प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ४३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.