१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

आफूले चढ्दै आएको गाडिलाई एम्बुलेन्स बनाउने मेयर र उपमेयर, सम्मान स्वरुप एक शेयर गरौ ।



जबजब देशमा संकट आईलाग्छ, तब जो जनताको सुरक्षामा आफूलाई समर्पित गर्छ, बास्तब उहि जनप्रतिनिधि ठहरिन्छ । तर नेपालमा भने यस्तो दृष्य बिरलै देख्न पाईन्छ । जनताको सुरक्षा र सेवा गर्छु भनेर जनताकै मत मार्फत चुनिएका कतिपय जनप्रतिनिधिहरू जब बास्तबमै जनता असुरक्षामा हुन्छन तब उनिहरू स्वयम नै लापता भईदिन्छन । जनता हाहार गुहार गरिरहन्छन तर जनप्रतिनिधिले त्यो चित्कार कहिल्यै सुन्दैनन । यस्तै भ​एको छ अहिले देशमा ।

देश यतिखेर  कोरोना महामारीको नया भेरियन्ट सहितको दोस्रो लहरसंग जुधिरहेको छ । पहिलो लहरमा सामान्य संक्रमण मात्र देखिएपनि दोस्रो लहरको शिलशिलामा हजारौ नेपालीले आफ्नो जीवन गुमाईसकेका छन । दिन प्रतिदिन बढिरहेको संक्रमणका कारण अस्पताल भरिभराउ छ । अस्पतालमा बेड पाउने अवस्था छैन । अझ अक्सिजनको हाहाकारले गर्दा तड्पी तड्पी मानिसहरू मरिरहेका छन ।

यस्तो दर्दनाक अवस्थामा केहि स्थानिय तहका जनप्रतिनिधिहरूले जनता बचाउन गरेका केहि निर्णयहरू साच्चिकै गर्व गर्न लायक छन । आज हामी धेरै टाढाको कुरा गर्दैनौ, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर र उपमेयरले आफुले सुबिधाको निम्ति प्रयोग गर्दै आएको सरकारी गाडि कोभिड संक्रमितहरुको निम्ति एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएको बिषयमा तपाईलाई जानकारी गराउन चाहन्छौ ।

कोभिड १९ एउटा संक्रामक रोग हो । यो रोग एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सजिलै सर्ने हुदा यसका संक्रमितहरूको सम्पर्कमा आउन मानिसहरु त्रसित रहेका छन । जसका कारण संक्रमितले एम्बुलेन्स वा अन्य सवारी साधन नपाएर नै अस्पतालसम्म नपुगी ज्यान गुमाउनु परिरहेको छ । पर्याप्त मात्रामा एम्बुलेन्स छैन, अन्य सवारी साधनले संक्रमित बोक्न मान्दैन । यस्तो अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले आफुले प्रयोग गर्दै आएको सवारी संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन । अहिले नगरपालिका भित्र ५० भन्दा माथी संक्रमित रहेकाछन । उनिहरूलाई कुनैपनि बेला जिल्ला बाहिर लगेर उपचार गनुपर्ने हुन सक्छ । अझ गाउगाउमा संक्रमित थपिनेक्रम तिब्र रहेको हुदा ति थपिएका नया संक्रमितलाई सदरमुकामसम्म ल्याउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एम्बुलेन्सले नधान्ने र अन्य सवारी नमान्ने हुदा नगरपालिकाको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याईएको  नगरप्रमुख रिजालले बताउनुहुन्छ ।

उपप्रमुख राईले चढ्दै आएको गाडी स्वाब संकलन र ओसारपसारमा प्रयोग गरिएको छ । नगरप्रमुख रिजालले चढ्ने गाडी भने संक्रमित बोकेर काठमान्डौ ग​एको छ । नरपालिकाले अहिले ३२ बेडको आईसोशन बनाएर संक्रमितको उपचार गरिरहेको छ । आईसोलेशनमा अक्सिजन सहितको सुबिधा त छ तर संक्रमणले च्याप्दै लगेपछी बिरामीलाई भेन्टिलेटर नै चाहिने हुदा जिल्लाभित्र उपचार हुन सक्ने अवस्था हुदैन । यस्तोमा समयमै सवारी नपाउदा बिरामीले अकालमा ज्यान गुमाईरहेको उदाहरणहरू हाम्रै आखा अगाडी कति छन कति ? यस्तोमा नगरप्रमुख रिजाल र उपप्रमुख राईले मानव सेवाको निम्ति गरेको यो निर्णय अत्यन्तै सरहानिय रहेको छ । अन्य जनप्रतिनिधिहरूले पनि उहाहरुबाट पाठ सिक्न अति आवस्यक छ ।

 

भुमेसंचारका लागि अनिज खड्काको रिपोर्ट

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.