२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

सोलुखुम्बुमा ३७ जनाको आईसोलेशनमा उपचार हुदै



सोलुखुम्बु : सोलुखुम्बुमा ३७ जना कोरोना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । जिल्लामा संक्रमण पुष्टि भएका १९६ जना मध्ये शुक्रबार सम्म ३७ जनाको आईसोलेसनमा उपचार भईरहेको सम्बन्धित पालिकाले जनाएको छ ।

जसमा जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा १२ जना र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निर्माण गरेको आईसोलेसनमा २२ जना र पासाङ ल्हामु निकोलनिकी अस्पतालको आईसोलेसनमा ३ जना रहेको पालिकाले जनाएको छ ।

खुम्बुको आईसोलेसनमा रहेका २५ जना संक्रमित मध्ये ३ जनालाई अक्सिजन दिईरहेको गाउँपालिका स्वास्थ्य शाखा सम्योजक अर्थिमाया तामाङले जानकारी दिनभयो । उनीहरुको अवस्था जटिल बन्दै गएपछि  पासाङ ल्हामु निकोलनिकी अस्पातल लुक्लामा अक्सिजन प्रदान गरिरहेको उहाँको भनाई छ ।

खुम्बुमा संक्रमण भएका ५५ जना मध्ये २ जना विदेशीको यस अघि नै रेफर गरिएकोे छ भने २ जनाको रिपोर्ट नेगेटिभ आईसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा रहेका १२ जना मध्ये ४ जनालाई अक्सिजन प्रदान गर्नुपर्ने भएकाले रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

अस्पतालमा अक्सिजन सकिएकाले समस्या भएको उहाँको भनाई छ । दुई जनाको यस अघि नै रेफर भईसकेको अस्पातलले जनाएको छ ।

#सोलुएफ​एम

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : ०२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.